एमाले अध्यक्ष ओली झापा आउने, यसवर्ष दशैँको टीका नलगाउने

A notice in Nepali from Mechinagar Ward No. 10

२ कार्तिक, मेचीनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि झापा आउने भएका छन् । कार्यकर्तालाई दशैँको शुभकामना दिन तथा कार्यकर्ता भेटघाटका लागि ओली झापा आउने भएका हुन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको परिवारमा समवेदना व्यक्त गर्ने कार्यक्रममा समेत ओलीको उपस्थिति हुने स्रोतले जनाएको छ । उनले बिर्तामोडमा आयोजना हुन लागेको शुभकामना आदानप्रदान कार्यक्रमलाई समेत सम्बोधन गर्नुहुने जनाइएको छ । उनी नवमीको दिन काठमाडौं फर्किने सचिवालयले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटकको विजया दशमीको टीका नलगाउने भएका छन् । ठूलीआमाको यसैवर्ष निधन भएकाले ओली परिवारमा टीकाटालो नहुने सचिवालयले जनाएको छ ।

आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि नलगाइदिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.