इलाममा दुर्लभ चरा ब्राउन उड उल(चस्मे उलक) फेला परेको दाबी

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर ।केही सन्चार माध्यमहरुले इलाम नगरपालिका -३ पाटेनागीमा दुर्लभ चस्मे उलक( ब्राउन उद उल) भेटिएको दाबी गरेका छन्।

वाइडलाइफ फोटोग्राफर देवेन खरेल चरा खोजीको क्रममा पुवामझुवाको चैतेमा यो चराको तस्बिर खिच्न सफल भएका हुन् ।

इलामबाट पाटेनागीको मुख्य पर्यटकीय क्षेत्र जाने बाटैमा खरेलले यो चराको तस्बिर खिचेका हुन् । उनले एक दुर्लभ र किसानको सहयोगी चरा यहाँ भेटिनुलाई ‘महत्वपूर्ण उपलब्धि’ मानेका छन् । ‘बाटामा हिँड्दैजाँदा एकै मिनेटमा यो चरा देखिनु निकै महत्वपूर्ण उपलिब्ध हो,’ उनले अनलाइन समचार पालिकापेजसँग भने, ‘यो चरा स्थानीय गहना बन्नसक्छ ।’

चस्मे उलुक चरा समुद्र सतहबाट डेढ सयदेखि दुई हजार सात सय मिटरसम्मको उचाईमा बस्छ । उल्लु जातको यो चराको शरीरको लम्बाई करिब ५० सेन्टिमिटर हुन्छ ।

गाउँ–समाजमा ‘उल्लु’ भन्नेबित्तिकै फरक र गलत सोचसमेत रहेको भन्दै खरेलले यो किसानको साथीबारे धेरैजनामा भ्रम रहेको बताए । ‘यो त धेरै महत्वपूर्ण चरा हो, यो किसानको मित्र हो,’ खरेलले भने, ‘यसबारे पुरानो भ्रम चिर्नुपर्छ । यो चरा पाटेनागीको पर्यटनमा कोसेढुंगा बन्नसक्छ । स्थानीयलाई जागरुक गराएर यसलाई संरक्षण गर्नु आवश्यक छ ।’ इलाम नगरपालिका–३ का वडाध्यक्ष हेमन सुनुवारले वडामै यस्तो दुर्लभ चरा भेटिनु निकै महत्वपूर्ण उपलब्धि भएको बताए

इलामका फोटोग्राफर मिलन मुखियाले पाटेनागीमा दुर्लभ चराको बासस्थान सम्भावना भएकैले खरेलसँग समन्वय गर्दा उपलब्धि हासिल भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.