काठमाडौं । बलात्कारको झुटा जाहेरी दिएर फसाउन खोजेको आरोपमा काठमाडौं प्रहरीले ३१ वर्षीया कमला (नाम परिवर्तन) लाई पक्राउ गरेको हो ।
कमलाले नेपाली सेनाका अवकाशप्राप्त कर्मचारीविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । तर घटना झुटो रहेको भन्दै विशाल (नाम परिवर्तन) ले कमला र उनलाई प्रयोग गर्ने रमेश (नाम परिवर्तन) विरुद्ध जाहेरी दिएका थिए ।
विशालका अनुसार उनले गत असोज १ नेपाली सेनाको जागिर छाडेका थिए । कमलाले साउन २ गते विशालले कोटेश्वरमा रहेको मितेरी गेस्ट हाउसमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । ती महिलासँग आफ्नो भेट नभएको र होटल पनि नगएको भन्दै दाबी गरेपछि प्रहरीले फरक ढंगले अनुसन्धान अगाडि बढाएको थियो ।

























