लैङ्गिक समानता र समावेशी सार्वजनिक नीतिहरु सम्बन्धी दुईदिने अन्तरक्रिया

२५ पौष, झापा : नगरपालिकाहरुलाई योजनाबद्ध विकासको प्रक्रियामा सहयोग गर्दै दिगो शहरी विकासको लागि महत्वपूर्ण योगदान गर्ने उद्धेश्यले यूरोपियन यूनियन नेपालको सहयोगमा सञ्चालनमा रहेको नगरपालिकाहरुको वित्त तथा क्षमता विकासका लागि लैङ्गिक समानता र समावेशी सार्वजनिक नीतिहरु सम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रम बुधबारबाट ललितपुरमा शुरु भएको छ ।

नगर विकास कोषले आयोजना गरेको, शहरी विकास मन्त्री सीता गुरुङले गोदावरी भिलेज रिर्साेट ललितपुरमा उद्घाटन गर्नुभएको कार्यक्रममा महिला नगरप्रमुखहरुले नेतृत्व गर्नुभएको देशभरबाट १३ वटा नगरपालिकाका नगरप्रमुख र नगरपालिकाहरुको वित्त क्षमता विकास कार्यक्रम अन्तर्गतका १० वटा नगरपालिकाका उपप्रमुख, सहरी विकास मन्त्रालयबाट सम्बन्धित अधिकारी, गाउँपालिका अध्यक्षहरु, दातृ निकायका प्रतिनिधि, अन्य सम्बन्धित संघ संस्थाहरुका प्रतिनिधि र सञ्चारमाध्यमको उपस्थिति रहेको छ । झापाको मेचीनगर नगरपालिकाबाट उपप्रमुख मीना पोखरेल उप्रेतीले सहभागिता जनाउनु भएको छ ।

शहरी वकास मन्त्रालयका सचिव तथा नगर विकास कोषका अध्यक्ष सरजुकुमार बैद्यको अध्यक्षतामा शुरु कार्यक्रम भोलीसम्म चल्ने छ । अन्तरक्रिया कार्यक्रमले स्थानीय तहमा समावेशी पूर्वाधार विकासको लागि गरिएका प्रयास र भएका सफलता अनि चूनौतीहरुको उपर छलफल गरी सम्बन्धित विज्ञहरुसँगको अन्तरक्रियाबाट स्थानीय तहमा प्रमुख र उपप्रमुखहरुले महशुस गर्नुभएका चुनौती र समस्याहरुको समाधान खोज्ने कोशीस गर्ने विश्वास लिईएको छ ।

राजदुत भेरोनिक लोरेन्जो, नेपालका लागि युरोपेली संघका प्रतिनिधि मण्डलसमेतको उपस्थितीमा कार्यक्रम भएको हो । पहिलो दिन नगर विकास कोषको परिचय तथा गतिविधिहरुलगायतका विषयमा चर्चा भएको थियो । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले सहभागी सवैलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति एवम् प्रतिनिधि सभा सदस्य डाक्टर आरजु राणा देउवाले लैङ्गिक मैत्री पूर्वाधार विकास र अन्तरपुस्ता नारीवादी फोरमका संस्थापक सदस्य एवम् नेपाल नीति संस्थानका कार्यकारी बोड सदस्य शरु जोशी श्रेष्ठले पूर्वाधार विकासका लागि लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विषयमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । प्यानल छलफलमा नगरप्रमुख र अध्यक्षहरुको अनुभव आदान प्रदान : अवसर र चुनौतीहरुका विषयमा छलफल भएको थियो ।

राष्ट्रिय गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डे, हेटौडा उपमहानगरपािलका प्रमुख एवम् नगर विकास कोष सञ्चालक सदस्य मीनाकुमारी लामा, लम्कीचुहा नगरपालिका प्रमुख एवम् नगर विकास कोष सञ्चालक सदस्य सुशीला शाही, हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राई तथा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया भण्डारी ढकालले अनुभवहरु आदान प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि शहरी विकास मन्त्री सीता गुरुङ, राजदुत भेरोनिक लोरेन्जो, नेपालका लागि युरोपेली संघका प्रतिनिधि मण्डलले मन्तव्य राख्नु भएको थियो । शहरी वकास मन्त्रालयका सचिव तथा नगर विकास कोषका अध्यक्ष सरजुकुमार बैद्यले समापन मन्तव्य राख्नुभएको थियो ।

अन्तरपुस्ता नारीवादी फोरमका संस्थापक सदस्य एवम् नेपाल नीति संस्थानका कार्यकारी बोड सदस्य शरु जोशी श्रेष्ठले लैङ्गिक समानता सुनिश्चिता गर्न समावेशी सार्वजनिक नीतिहरुसहितको संकल्प बैठकसँगै विहीबार (आज) कार्यक्रम समापन हुने छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.