टुँडीखेलमा ठेलमठेल हुँदा माघी मनाउन आएका आठ घाइते

काठमाडौँ।काठमाडौंको टुँडिखेलमा ठेलमठेल हुँदा माघेसंक्रान्ति मनाउन आएका आठजना घाइते भएका छन्। अत्याधिक भीडभाडका कारण काठमाडौँ।देशभरी मकर सङ्क्रान्ती मनाइरहँदा मगर र थारू समुदायले पनि काठमाडौँ टुँडिखेलभित्र मनाउने योजना बनायो। तर पर्व हेर्न र मनाउन आउनेको अत्यधिक भीड नियन्त्रण बाहिर गयो र आठ जना घाइते हुन पुगे

त्यस कार्यक्रममा आउजाउ गर्नेहरुले ठेलमठेल गर्दा थिचिएर र कुल्चिएर उनीहरु घाइते भएका प्रहरीले जनाएको छ।

घाइते आठजना महिलाहरु रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए। उनका अनुसार घाइतेहरुको अवस्था सामान्य छ। उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

 

माघेसंक्रान्तिको अवसरमा मगर समुदाय र थारु समुदायले छुट्टाटछुट्टै रुपमा टुँडिखेलमा सांस्कृतिक कार्यक्रम गरेका छन्। मगर समुदायले ‘माघे सकराती’ र थारु समुदायले ‘माघी’को सांस्कृतिक कार्यक्रम राखेका छन्।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मगर समुदायको माघे संक्रान्तिलाई सम्बोधन गरेर थारु समुदायको सांस्कृतिक कार्यक्रममा पुगेका छन्। प्रहरीका अनुसार टुँडिखेलमा ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको छ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.