७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवस ःमेचीमा साताव्यापी कार्यक्रम गरी मनाइँदै

५ माघ, मेचीनगर : ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवस मेचीमा साताव्यापी कार्यक्रम गरी मनाइँदै छ । माघ ५ गतेदेखि १२ गतेसम्म बिभिन्न सचेतनामूलक एवम अन्य विविध कार्यक्रमका साथ भन्सार दिवस मनाउने निर्णय गरिएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार खेलकुद, सरसफाई, रक्तदान, बक्तृत्वकला प्रतियोगिता, सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम, जिल्ला राजस्व चुहावट समितिको बैठक लगायतका कार्यक्रम सहित दिवस मनाउने तयारी भएको छ ।

माघ ६ गते ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसकै अवसरमा मेची सामुदायिक भवनको कभर्ड हल काँकरभिट्टामा झपाा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिनुभयो । ८ गते भन्सार परिसर सरसफाई र सोहि दिननै रक्तदान कार्यक्रम सञ्चालन गर्ने तयारी छ । रक्तदान कार्यक्रमको संयोजन रोटरी क्लब अफ काँकरभिट्टाले गर्ने छ । ११ गते  सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम मध्यान्ह १२ बजे र १२ गते जिल्ला राजस्व चुहावट समितिको बैठकसहित दिवस समापन गरिने योजना छ ।

हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ । विश्व भन्सार संगठनको निर्णय अनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.