सम्भावित राजनीतिक समीकरणबारे निर्णय लिने अधिकार रवि लामिछानेलाई

A notice in Nepali from Mechinagar Ward No. 10

२१ फागुन, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विकसित सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।

आज बिहान बसेको पार्टीको बैठकले सत्ता समीकरण परिवर्तनको सम्भावना देखिएकाले त्यसबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई दिइएको महामन्त्री मुकुल ढकालले बताए ।

‘राजनीतिमा विकसित घटनाक्रमको सम्भावना देखियो भन्ने सभापतिले ब्रिफिङ गर्नुभयो । हामीले त्यसबारे निर्णय लिने अधिकार सभापतिलाई नै दिएका छौं’, उनले भने ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउनेबारे पनि सहमति गर्नु पर्ने भएकाले सभापतिलाई त्यसको अधिकार दिएको ढकालले बताए ।(अनलाइनखबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.