सतिघट्टा बगानमा भेटिएको अजिंगर पाँच पोखरी सामुदायिक वनमा लगियो

२० चैत्र, काँकरभिट्टा : सतिघट्टा बगानमा भेटिएको अजिंगर पाँच पोखरी सामुदायिक वनमा लगिएको छ । आज बिहान मेचीनगर-७ सतिघट्टा स्थित चिया बगानमा ९ फिट लामाे करिव १० किलाेग्रामकाे अजिङ्गर भेटिएकाे थियो ।

सतिघट्टा चिया बगान क्षेत्रकाे बाल उद्यान केन्द्र नजिक सखुवा डाँडामा साढे ९ बजे ९ फिट लामाे र  करिव ९ किलाे ८ सय ग्राम ताैल भएको अजिङ्गर भेटिएको हाे ।

उक्त अजिङ्गरलाई सव डिभिजन वन कार्यालय, स्थानीय समाजसेवीहरूकाे राेहवरमा बुद्वशान्ति गाउँपालिका-५ स्थित पाँचपाेखरी सामुदायिक वनमा छाेडिएकाे बताइएकाे छ ।

उक्त अजिङ्गर चारआली सव डिभिजनका प्रतिनिध कर्ण खाति, वनका अध्यक्ष चेतन आचार्य, हात्ती संरक्षणकर्मी शंखर लुइटेल, सन्दिप लुइटेल, मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्रकुमार खरेल र सर्प उद्दारकर्ता मुन्ना कार्की,  लगायतकाे राेहवरमा पाँचपाेखरी सामुदायिक वनमा छाडिएको छ ।

चिया बगानमा अजिङ्गर फेला परेपछि सतिघट्टाका स्थानीय साेम लुइटेलले सम्बन्धित निकायलाई खवर गरेकाे समाजका अध्यक्ष खरेलले बताए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.