एकदिनमै घर बनाएर हस्तान्तरण : विपन्नको मुहारमा खुसी

A notice in Nepali from Mechinagar Ward No. 10

५ आसर, बुधबारे : बुद्धशान्ति ५ निवासी जोखन चौधरीको घर जीर्ण अवस्थामा थियो । वहाँलाई घर बनाएर हस्तान्तरण गर्ने हुटहुटी बोकेर हिडेका बुद्धशान्तिका एक युवा अन्ततः सफल भएका छन् । सबैको सामुहिक आर्थिक, भौतिक र श्रमदानबाट निर्मित घर एकदिनमै बनाएर हस्तान्तरण गरिएको उक्त अभियानका नेतृत्वकर्ता नेपाली काँग्रोस झापा जिल्ला सदस्य एवम् युवा नेता खड्ग पान्धाक सुब्बाले बताउनु भयो ।
देश विदेशबाट सहयोग आएको कारणबाट मात्र आफुले यो अभियान सफल बनाउन सकेकोले सबै सहयोगी मनहरुलाई वहाँले धन्यावाद दिनु भयो ।
उक्त घर निर्माणकार्यको नेपाली जनसम्पर्क समिति डेनमार्कका उपसभापति  नेपाली काङ्ग्रेस १४ औं महाधिवेशन प्रतिनिधि तथा गैर आवासीय नेपाली संघ डेनमार्कका पुर्व महासचिव गोबिन्द पौडेलका तर्फबाट घरलाई आवस्यक पर्ने जस्तापाता, बुद्धशान्ति वडा नम्बर ५ का वडा अध्यक्ष डेगेन्द्र कार्की बाट १० बोरा सिमेन्ट, बुद्धशान्ति ५ निवासी ज्ञानेन्द्र अधिकारीबाट २ ट्राक्टर गिटी, बुद्धशान्ति ५ का निवर्तमान अध्यक्ष वासुदेव खतिवडा र वडा सदस्य  रिता चौधरी बाट १ ट्र्याक्टर ढुङ्गा, बुद्धशान्ति वडा नम्बर ४ का निर्माण व्यवसायी पवन थलङ लिम्बूबाट आवस्यक मिस्त्री सहयोग, बुद्धशान्ति वडा नम्बर ५ निवासी निर्माण व्यवसायीद्वय भोजराज खवास र दिलिप कुमार सरदारबाट आवस्यक मिस्त्री सहयोग, पाँचपोखरी सामुदायिक वन उपभोक्ता समितिबाट २ थान खाट र ढोका निर्माण, नेपाली काङ्ग्रेस बुद्धशान्ति गाउँपालिका सदस्य खेमराज भट्टराई (विक्कल) बाट चिया नास्ता सहयोग, बुद्धशान्ति ६ निवासी गङ्गा बहादुर पुलामी (माइला) बाट आवस्यक काटी कब्जा सहयोग प्राप्त भएको अभियान्ता सुब्बाले बताउनु भयो ।
त्यसै गरी श्रमदान तर्फ काकडभिट्टा रोभर रेन्जर ओपन क्रियूबाट, नारायण दाहाल, स्थानीय केशव बस्नेत, बिमल अधिकारी, सुमन खालिङ राई, महेश्वर सम्बाहाम्फे, अम्बर पङ्धाक, भेषराज दाहाल, प्रेम परियार, पुर्व वडा सदस्य  डिल्लिरमण खतिवडा (रोहित) लगायत पण्डित हेमराज दाहाल, भद्रमणी दाजाल, यादवमणी दाहाल, विष्णु प्रसाद नेउपाने, लिल बहादुर थापा , सुर्य दाहाल, नेपाली काँग्रेस गाउँ सदस्य रिता दाहाल , डिल्ली खतिवडा, राम लखन चौधरी, चेतन आचार्य, श्याम धिमाल लगायतले श्रमदान मार्फत सहयोग गर्नुभएको थियो ।
वर्षा लागेको बेला घर बनाइदिनु भएकोमा जोखन चौधरीले सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद सहित अभार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.