सीप सिक्दै आत्मनिर्भर बन्दैं : बजार नपाउँदा समस्या

A notice in Nepali from Mechinagar Ward No. 10

१९ साउन, मेचीनगर :  झापाको मेचीनगर—९ मा रहेको श्री नारी कल्याणकारी विकास संस्थाले स्थानीयलाई बाँसबाट विभिन्न सामग्री बनाउने सीप सम्बन्धी तालिम प्रदान गरेर केहीलाई उद्यमी समेत बनाएको छ । ‘सीप सिकौं उद्यमी बनौं,’ भन्ने मुख्यः नारासहित संस्थाले युवा उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँघरमा पाइने कच्चा पदार्थ प्रयोग गरी बाँसका जुत्ता चप्पल राख्ने र्याक, मुढा, बाँसकै डाइनिङ सेट, पूजाआजाका लागि मन्दिर जादाँ फूल प्रसाद बोक्ने बाँसको निक्कै आर्कषक ढाकी बनाउने संस्थाको एकहप्ते तालिम पछि अहिले स्थानीयहरु उद्यमी बनेको संस्थाका अध्यक्ष जानुका न्यौपाने ओलीले बताईन ।

डिभिजन वन कार्यालय झापाको सहकार्यमा बाँसका विभिन्न सामाग्री बनाएर विक्री गर्दा उनीहरुले मनग्य आम्दानी गर्न थालेपछि आत्मनिर्भर बन्नुका साथै स्थानीयस्तरमा रोजगारीको अवसर समेत प्राप्त भएको अध्यक्ष ओलीको भनाई छ ।

तालिमको प्रशिक्षक बनेका स्थानीय अनिल श्रेष्ठ अहिले त्यही विभिन्न सामग्री तयार गर्छन र संस्थालाई दिन्छन् । त्यस वापत संस्थाले उनीहरुलाई दैनिक एकहजार रुपैयाँ पारिश्रमिक दिने गरेको संस्थाले जनाएको छ । त्यतिमात्र होइन घर —घरमै रोजगारीको अवसर समेत संस्थाले स्थानीयलाई प्रदान गरेको छ । मुढा बनाउने कच्चा पदार्थ बाँसको सिन्का संस्थाले प्रतिगोटा एक रुपैयाँका दरले खरिद गर्ने गरेको छ ।

 

श्रेष्ठसँगै सौरभ सुब्बा, नारायणी बास्तोला र रुपा गहतराज अहिले उद्यमी बनेका छन् । तालिममा सहभागी भएका प्रायः धेरैको यो पेशामा आर्कषण भएपनि खेतीपातीको समय भएकाले उनीहरु अहिले रोपाइतिर लागेका छन् ।

रोपाईको काम सकेपछि उद्यमीको संख्या बढ्ने अध्यक्ष ओलीको विश्वास छ । सामग्री बनाउनका आफ्नै गाउँ घरमा पाईने कच्चा पदार्थलाइ सदुपयोग गर्ने र आवश्यकता अनुसार बाँस खरिद समेत गर्ने गरिएको संस्थाले जनाएको छ । सामग्री बनाउनका आफ्नै घरमा भएका बाँससँगै अन्यसँग किनेर बनाउने समेत गरिएको छ ।

‘संस्थाले दिएको बाँसबाट आर्कषक सामग्री बनाउँदै स्थानीयले एक दुई पैसा कमाउन थालेका छन् ’ अध्यक्ष ओलीले भनिन, ‘व्यवसायिक बाँसको खेती गर्ने किसानको बाँस विक्री हुने भयो, हातमा सीप भएकाहरुले रोजगार पाउने भए, जस्बाट उनीहरु आत्मनिर्भर बनेका छन् । ’ सीप सिकेका स्थानीयले बाँसको सामग्री बनाए वापत संस्थाबाट प्राप्त रकमले घरको दैनिकी चलाउँदै आएका छन् । संस्थाले ती सामग्रीहरु साइज अनुसार छ सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको अध्यक्ष ओलीको भनाई छ । आफ्नो सीप र लगनशीलताका कारण स्थानीयलाई दुई चार पैसा कमाउन कुनै गाहैँ नभएको संस्थाको भनाई छ । बाँसका सामग्री तयार गरे वापत राम्रो आम्दानी लिन सक्ने संस्थाकी सचिव पुष्पा भण्डारीको भनाई छ ।

निक्कै आर्कषक र टिकाउ बाँसका सामग्री निर्माण गर्ने हो भने निक्कै टाढा टाढाबाट खरिदका लागि उपभोक्ता आउने संस्थाको भनाई छ । संस्थाले उत्पादन गरेका यस्ता सामाग्रीको ग्यारेन्टी दशवर्षसम्म हुने संस्थाको दाबी छ ।

त्यहाँ उत्पादन भएका सामान विक्रीका लागि बजार अहिले चूनौती भएपनि आगामी दिनमा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर बजारीकरण गर्न सकिने सचिव भण्डारीको भनाई छ । ‘अहिले उत्पादन गरेका सामाग्री स्थानीय ठाउँमा नै विक्री हुने गरेका छन्’ सचिव भण्डारीले भनिन्, भविष्यमा एक सदस्य एक मुढाको अभियान छ । त्यसले गर्दा थोरै राहत मिल्छ, विस्तारै स्थानीय सरकारसँग समेत समन्वय गरेर बजारीकरणमा लाग्छौ ।’ हाल संस्थामा ५२ जना सदस्य रहेका छन् । विभिन्न संघ संस्थालाई समेत यहाँ उत्पादन भएका सामग्री खरीद गर्न आग्रह गर्ने संस्थाको योजना छ । संस्थाले उत्पादन गरेका ती सामान गुणस्तरीय भएका कारण महँगो पर्ने अध्यक्ष ओलीको भनाई छ ।

बाँसका सामग्री बुनेर धेरैले परिवारको जीवन निर्वाह गर्दै आएका उदाहरण निक्कै रहेको मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीको भनाई छ । आफूले सिकेको सीपलाई वा जानेको कामलाई आम्दानीको श्रोत बनाउने काममा सवै लाग्नुपर्ने उपप्रमुख उप्रेतीको सुझाँव छ ।

बाँसबाट निर्माण गरिएका सामग्री बिक्री गरेर परिवारको जीविका चलाउँदै आएका विश्वकान्त मल्लिक आफ्नो सीप र लगनशीलताका कारण परिवारलाई अघि बढाउन सफल भएको र बाँसका सामग्री बिक्रीबाट राम्रो आम्दानी हुने गरेको प्रतिक्रिया दिन्छन् । उनी बाँसका सामग्री उत्पादन गर्दै घरपरिवारको खर्च जुटाउने काम गर्दै आएका छन् । आफूले गर्ने बाँसका सामग्री बनाउने काममा श्रीमतीले पनि साथ दिने गरेकी छन् । मेचीनगरमा दलित समुदायले बाँसका सामग्री बनाउने पेसाबाट परिवारको खर्च जुटाउँदै आएका छन् ।

तर, बाँसबाट निर्माण गरिएका सामग्री बिक्री गरेर परिवारको जीविका चलाउँदै थुप्रै यस्ता कालीगढहरु पहिलेको तुलनामा पछिल्लो समय बाँसका सामग्रीको व्यापार घटेको बताउछन् । ‘पहिले–पहिले गाउँघरदेखि सहरमा बाँसका सामग्री धेरै नै बिक्री हुन्थे । बिक्रीमा कुनै समस्या थिएन’ मेचीनगर —६ काँकरभिट्टाका हरेराम राजवंशीले भने, ‘तर पछिल्लो समय प्लाष्टिकलगायतका विभिन्न सामग्री आउँदा बिक्रीमा कमी भएको छ ।’ बाँसको सामग्री बिक्रीबाट घरको दैनिकी चलाउँदै आएका उनको कुनै बेला आम्दानीको मुख्यः स्रोत नै त्यही थियो ।

घरमा कृषि व्यवसाय गर्ने जग्गा जमिन नभएपछि धेरैजना यस्तै काममा जुटेका छन् । बाँसका सामग्री बुनेर परिवारको जीवन निर्वाह गर्दै आएको बताउँने हरेराम घरपरिवारको खर्च जुटाउनेदेखि पेट पाल्नका लागि बुबाबाजेले गर्दै आएको बाँसका सामग्री बनाउने काम रोजेको बताउछन् । परम्परागत पेसालाई व्यावसायिक रुपमा अगाडि बढाउन सके यसबाट पनि राम्रो आम्दानी लिन सकिने समाजशास्त्री देवराज मण्डलको भनाई छ । बाँसका सामग्रीको बजारमा अधिक माग भए पनि माग अनुरुप बाँसको पर्याप्त उपलब्धता नहँुदा सामग्री आपूर्तिमा कठिनाइ हुनेगरेको बताईरहदाँ अर्कातिर बजार पनि चूनौतीका रुपमा रहेको सुनिन् थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.