साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा प्रतिवन्ध

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १७ जेठ / नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को प्रारम्भदेखि देशभर प्लाष्टिकको झोलाको प्रयोगमा रोक लगाएको छ । नेपाल सरकार वन तथा वातावरण मनत्रालय वातावरण विभागले एक प्रेस विज्ञप्ती जारी गरी नेपाल सरकारले २०७८ साउन १ गतेदेखि लागू हुने गरी ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा प्रतिवन्ध लगाएको जनाएको छ । विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा प्लाष्टिकजन्य पदार्थबाट हुने प्रदुषण न्यूनिकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको उल्लेख छ ।

सपिङमल डिपार्टमेन्ट स्टोर लगायत सवै व्यापारिक प्रतिष्ठानमा प्लाष्टिकको झोलाको सट्टा सूती, जुट वा कागजको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेशिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानी बराबरको रकम पूजीँगत अनुदान उत्पादन गराइने व्यवस्था समेत आगामी आर्थिक वर्ष २०७८/०७९ को आय व्ययको सार्वजनिक जानकारी वक्तव्यमा उल्लेख गरिएको विज्ञप्तीमा जनाइएको छ ।

विभागले आगामी आर्थिक वर्ष २०७८/०७९ को आय व्ययको सार्वजनिक जानकारी वक्तव्यमा उल्लेख गरिएको हुदाँ सोहि बमोजिम गर्न गराउन सवै प्रकारका उत्पादक,बितरकविक्रेता तथा सर्वसाधारणलाई जानकारी गराईएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको वातावरण संरक्षणमा शीर्षकमा समेत यसलाई समावेश गरिएको छ ।

हेर्नुहोस् वातावरण विभागको सूचना

साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा प्रतिवन्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.