काठमाडौं महानगरमा भ्रष्टाचार भएमा प्रमाणसहित सम्पर्क गर्न बालेनले सेवाग्राहीहरुलाई आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

२ जेठ, काठमाडौँ : काठमाडौं महानगरका मेयर बालेन साहले महानगरपालिका क्षेत्रभित्र भ्रष्टाचार भएमा प्रमाणसहित सम्पर्क गर्न पनि सेवाग्राहीहरुलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो अधिकार क्षेत्रभित्रको भ्रष्टाचार सहन गर्न नसक्ने बताउँदै उजुरीका लागि आफ्नै मोबाइल नम्बर समेत दिएका छन्।

‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौं, हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगरपालिका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नु होला, भिडियो अडियो सहित,’ उनले लेखेका छन्।

उनले बिना प्रमाण यसले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनुभन्दा पनि प्रमाण भने जुटाउन आग्रह गरेका छन्।

साथै उनले प्रमाण सहित मोबाइल नम्बर ९८६३५९२०११ वा ‘वाट्सएप’मा सम्पर्क गर्न सकिने बताएका छन्। उनले उक्त मोबाइल आफैंले मात्र बोक्ने भएको हुनाले पठाउनेको नाम गोप्य राखिने पनि उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.