लगातारको वर्षासँगै आएको पहिरोले देशका अधिकांश सडक अवरुद्द

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटमा पहिरोका कारण बिहानदेखि सडक बन्द भएको छ ।

यस्तै, पहिरोका कारण नारायणगढ–मुग्लिङ सडक खण्ड पनि ठप्प भएको छ । चितवनको पाँचकिलोमा गएराति खसेको पहिरोका कारण सडक खण्ड ठप्प भएको हो ।

यस्तै, पाल्पाको तिनाउ गाउँपालिका ३ सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड बन्द छ । यो सडक खण्डमा हरेक दिनजसो पहिरो खस्ने गरेको छ । यस्तै, पहिरोका कारण काठमाण्डौ र हेटौँडा जोड्ने सडक पनि बन्द छ ।

कास्कीको घाँसीकुवामा पहिरो खसेपछि पोखरा-घाँसीकुवा सडक खण्ड ठप्प रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र नारायणगढ-मुग्लिङ सडक खण्डमा पहिरो पन्छाउने प्रयास भइरहेको छ। राष्ट्रिय राजमार्गका विभिन्न ११ वटा ठाउँमा अझै सडक खुल्न नसकेको सडक विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.