नविल बैंक लिमिटेडको १६० औँ शाखा काँकरभिट्टामा

A notice in Nepali from Mechinagar Ward No. 10

२५ भदौ, मेचीनगर : नविल बैंक लिमिटेडको १६० औँ शाखा आइतबार झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा शुरु भएको छ । प्रमुख अतिथि १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले शाखाको उद्घाटन गर्नुभएको थियो ।

२०४६ साल पछि बैंकिङ्ग एवम् वित्तीय कारोबार गर्ने कमर्सियल र विकाश बैंक सञ्चालनको होड चले पनि नविल बैंक २०४१ सालबाट अरव बैंकको नामबाट सञ्चालन भएको थियो । समय अनुसार विभिन्न बैंकसँग नविल एकीकरण हुँदै आएको छ । पछिल्लो पटक नेपाल बंगलादेश बैंक र नविल बैंक एकीकरण भएका हुन् । दुबै बैंक एकीकरण भएपछि अहिले देशभर २ सय ३० वटा शाखा रहेको छ भने २ सय ६९ वटा एटिएम सेवा सञ्चालनमा रहेको छ ।

बैंकले यो वर्षभित्र २ सय ६३ वटा शाखा पुर्याउने लक्ष्य लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । बैंकको हालसम्म ३ सय ३० अर्ब रुपैयाँ निक्षेप र ३ सय १० अर्ब ऋण लगानी रहेको छ भने १७ लाख सदस्य रहेका मेची शाखा प्रमुख सरोज श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथि १ नम्बर प्रदेश सभा सदस्य मैनाली, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती नेपाल उद्योगा वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य केशवराज पाण्डेलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.