नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता

A notice in Nepali from Mechinagar Ward No. 10

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र विधानसम्मत मान्यता दिएको छ।
विशेष महाधिवेशनले चयन गरेका पदाधिकारीहरुको विवरण आयोगले अद्यावधिक गर्ने निर्णय गरेको छ।
शेरबहादुर देउवा समूहको दावी अस्वीकृत भएसँगै पुरानो कार्यसमिति अमान्य भएको छ।

२ माघ, काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ ।

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो ।

अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।

निर्वाचन आयोगको यो निर्णयपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने बाटो भने खुला छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.