सरकारले कोभिशिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन पर्खेकाहरुका लागि एक्ट्राजेनिका खोप दिने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ,जेठ २४ । सरकारले फागुन २३ गतेदेखि चैत १० गतेभित्र कोभिशिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएकाहरुका लागि एक्ट्राजेनिका खोप दिने भएको छ ।

कोभिशिल्ड प्राप्तिका लागि भारतको सिरम इन्टिच्युटसँग सम्झौता गरेर अग्रिम भुक्तानी भएपछि इन्टिच्युटले खोप दिन नसक्ने पत्र पठाएपछि विकल्पका रुपमा एउटै प्रकृतिको एक्स्ट्राजेनिका खोप दिइने परिवार कल्याण महाशाखाले जनाएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको महाशाखाले हिजो एक सूचना प्रकाशित गर्दै, यो खोप नेपाललाई प्राप्त भएपछि १२ हप्ता पछि भए पनि अर्को मात्रा दिइने जनाएको छ । महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलको हस्ताक्षरमा जारी भएको सूचनामा, दोस्रो खोपका लागि धैर्यताका साथ प्रतिक्षारत रहन आग्रह गरिएको छ ।

सरकारले कोविड विरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्र पङ्तिमा खटिने पेशाकर्मी, दीर्घ रोगी आदिलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिँदै दिएको थियो । यसक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, प्राध्यापक, सार्वजनिक सवारी चालक र सहचालकसहित ६५ बर्षदेखि माथिल्लो उमेर समूहका र १८ बर्षदेखि ५९ बर्ष उमेर समूहका नागरिकलाई क्रमशः खोप दिएको थियो । यसरी दिइने खोप २ प्रकारका छन् । एउटा भारतको सिरम इन्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड हो भने अर्को चिनियाँ खोप भेरो सेल हो ।

यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करीब १ लाख व्यक्तिले लगाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधार भोलिबाट ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिका लागि भेरो सेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो ।

भोलि काठमाडौँ महानगर क्षेत्रमा ६४ बर्ष उमेरका व्यक्तिलाई कोविड विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइँदैछ । यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई यस पटक दिन लागिएको हो । खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको हो । सहरी स्वास्थ्य यिभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि, जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.