स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । कोभिड १९ महामारीपछि नियमित अपडेट गर्ने जिम्मेवारीका कारण चर्चामा रहेको स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा अब डा. कृष्ण पौडेल देखिने भएका छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो।

यसअघिका प्रवक्ता डा.जागेश्वर गौतम कोभिड युनिफाइड अस्पतालको प्रमुख भएपछि उनको ठाउँमा डा. पौडेललाई शुक्रबार मन्त्रीस्तरीय बैठकले नियुक्त गरेको हो ।

डा. पौडेल स्वास्थ्य मन्त्रालयका काबिल अफिसर मानिन्छन् । उनी यसअघि कान्ति बाल अस्पतालको प्रमुख पनि थिए । बाल स्वास्थ्य समूहका विशेषज्ञ उनले जनस्वास्थ्य विषयमा समेत मास्टर्स गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.