साहित्यकार तेराख स्मृतिग्रन्थ लोकार्पण

A notice in Nepali from Mechinagar Ward No. 10

७ साउन, मेचीनगर : साहित्यकार तेराख प्रतिष्ठान मेचीनगर— ९ स्थित धुलाबारी झापाले साहित्यकार तेराख स्मृतिग्रन्थ लोकार्पण गरेको छ । प्रध्यापक डाक्टर टंक न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरु सुभद्रा भट्टराई अर्याल, पवन राजवंशी, साहित्यकार यज्ञराज प्रसाई प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेललगायतले शनिबार धुलाबारी माध्यमिक विद्यालयको सभाहलमा संयुक्तरुपमा स्मृतिग्रन्थको लोकर्पण गर्नुभएको थियो ।

प्रतिष्ठानले आयोजना गरेको लोकार्पण कार्यक्रममा साहित्यकार मिश्र वैजयन्तीले स्मृति ग्रन्थको समिक्षा गर्दै स्मृतिग्रन्थभित्र साहित्यकार तेजराज खतिवडाको साहित्यिक कृतित्व तथा व्यक्तित्व झल्किने बताउनुभयो । ग्रन्थमा साहित्यकार खतिवडाले जीवनमा भोग्नुभएको सुख दुःखलगायतका विषयलाई चित्रण गरिएको छ । तेराख धेरैका लागि प्रेरणा भएको, उहाँका राम्रा कर्महरुले हामीलाई निरन्तर सिर्जनाको बाटोमा उपमा वा प्रेरणा दिनसक्ने उहाँको भनाई छ । तेराखको भौतिकरुप अब शून्यमा विलिन भैसकेपछि उहाँका चेतन्मय कर्महरु भने उहाँका जीवनका सतत संघर्षकारुपमा हाम्रा बिचमा याथवत रहने बताइएको छ ।

प्रमुख अतिथि प्रध्यापक डाक्टर टंक न्यौपाने साहित्यकार तेजराज खतिवडाले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गदैं उहाँको निधनले एउटा समाज र परिवारलाई मात्र नभएर राष्ट्रलाई नै ठूलो क्षति पुगेको बताउनुभयो । प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले साहित्यकार खतिवडाले नेपाली साहित्यक्षेत्रमा लागेर निक्कै ठूलो मान प्रतिष्ठा आर्जन तथा नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानका कारण पनि हरेक नेपाली जन जनको मुटुमा बस्न सक्नुभएको बताउँदैं उहाँ सधैभरि अमर रहने स्पष्ट पार्नुभयो ।

स्वर्गीय तेजराज खविडाका ज्येष्ठ सुपुत्र समेत रहनु भएका लेखनाथले परिवारजनका तर्फबाट प्रतिष्ठानले स्थापना गरेको अक्षयकोषमा थप १० लाख रुपैयाँको चेक अध्यक्ष शिवकुमार पौडेललाइ हस्तान्तरण गर्नुभएकोे थियो ।

प्रतिष्ठानका सदस्य जय भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरु सुभद्रा भट्टराई अर्याल, पवन राजवंशी, साहित्यकार यज्ञराज प्रसाई लगायतले बोल्नुभएको थियो । उहाँहरुले तेराखलाई नारीवादी लेखकको रुपमा लिन सकिने बताउँदैं नारीलाई मात्र प्राथमिकतामा राखेर लेखिएका नौवटा कथा संग्रह मेको प्रेम रहेको र यो नै पहिलो कथाका रुपमा रहेको बताएका थिए । तेराख समाजको यथार्थलाई चित्रण र नारीका मनोभावनालाई मसिनो गरेर कल्पनाले सजाउँदै एउटा सजीव प्रतिबिम्ब उतारेर देखाउन खप्पिस रहेको सहभागी वक्ताहरुले बताएका थिए । तेराख नेपाली साहित्यमा स्थापित नाम भएको र आफ्नै लेखनको स्तरीयताबाट स्थापित भएको बताइएको छ ।

तेराखको जन्म झापाको शान्तिनगरमा भएको, सोहिक्षेत्रको विद्यालयबाट एसएलसी पुरा गरी भारतको वाराणसीबाट आइएस्सी पूरा गरेका एक सशक्त युवा र शान्तिनगर आफैमा राजनैतिक चेत भएको क्षेत्र र सो क्षेत्रका खतिवडा र भण्डारी परिवारहरु प्रजातान्त्रिक आन्दोलनका संवाहक र सामाजिक अभियन्ता रहेको बताइएको छ । विद्यार्थी अवस्थादेखि नै साहित्य सिर्जनामा लाग्नुभएका तेराखका बिसौं कृतिहरु प्रकाशित भइसकेको चर्चा गरिएको थियो । तेजराज खतिवडा एउटा सफल सम्पादक र उहाँले साहित्यिक पत्रिका ४/५ वटा सम्पादन गरेको समेत कार्यक्रममा बताईयो । आँखो, झटारो जस्ता तिख्खर बिचार बोकेका, प्रशासनलाई चुनौती दिने खालका लेख र कविताहरु भएका पत्रिका नडराइकन सम्पादन गर्नुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष दुर्गादेवि खतिवडाले स्वागत गर्नुभएको कार्यक्रममा डाक्टर खगेन्द्रप्रसाद दाहाल, शिरोसान्दाई, विन्दु दाहाल, गीता सुवेदी नेपाल, टंक ‘विकल्प’ मीना अधिकारीले साहित्यकार तेराखको कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा सहभागी सवैलाई प्रतिष्ठानका कोषाध्यक्ष सुशीला दाहाल खतिवडाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.