भद्रपुर स्थित महेन्द्र पार्कमा सालिक पुनर्स्थापना समितिद्वारा वृहत हस्ताक्षर कार्यक्रम सञ्चालन

A notice in Nepali from Mechinagar Ward No. 10

२५ असार, झापा : झापाको चन्द्रगढी स्थित महेन्द्र पार्कमा आज श्री ५ महेन्द्र सालिक पुनर्स्थापना समितिले वृहत हस्ताक्षर कार्यक्रम आयोजना गरेको छ। सैयौंको संख्यामा स्थानीय र जिल्लाबासीको उत्साहपूर्ण सहभागितामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको आयोजक समितिका कार्यक्रम संयोजक चरण प्रसाईले जानकारी दिएका छन् ।

हस्ताक्षर संकलन सकिए लगत्तै समितिका पदाधिकारीहरुले भद्रपुर नगरपालिकालाई श्री ५ महेन्द्रको सालिक पुनर्स्थापना र महेन्द्र वाटिकालाई पूर्ववत अवस्थामा फर्काउनका निम्ति हस्ताक्षर सहित निवेदन दिएको छ।

अध्यक्ष गिरिराज पौडेल र समिति सदस्यहरुको उपस्थितिमा नगरप्रमुख र नगर उपप्रमुखको अनुपस्थितिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई निवेदन बुझाइएको छ। विगत केही महिना देखि चन्द्रगढीको माहोल तातेको छ। केही समय अगाडि सालिक पुनर्स्थापन समितिले गर्दैगरेको रङरोगन कार्यमा नगरपालिकाले प्रसाशन परिचालन गरेर धरपकड गरेपछि केही तनाव भएको थियो।

समितिले महेन्द्र पार्कलाई पुरानै अवस्थामा फर्काउनका निम्ति संघर्ष गर्दै आएको थियो। पटक पटकको सर्वदलीय बैठकले कुनै सहमति जुटाउन नसकेपछि समितिले गत जेठ २० गते महेन्द्र पार्क सरसफाई कार्यक्रम तय गरेको थियो। तर सैयौंको संख्यामा प्रहरी परिचालन गरेर नगरपालिकाले त्यसलाई असफल बनाएको सचिव सन्तोष बिमलीले जानकारी दिएका छन् । यसका साथै, श्री ५ महेन्द्रको सालिक पुनर्स्थापनाको लागि बनाइएको समितिले काम गर्न नसकेको भन्दै समिति भंग भएको थियो।

यसअघि गत असार २० गते झापाली युवाहरुको भेलाले श्री ५ महेन्द्रको सालिक पुनर्स्थापनाको लागि नयाँ समिति गठन गरेको छ। समितिको अध्यक्षमा गिरिराज पौडेल, उपाध्यक्षमा सोना गेलाल, सचिवमा सन्तोष बिमली, कार्यक्रम संयोजकमा चरण प्रसाई, आर्थिक संयोजकमा ज्ञानेन्द्र तिवारी, सदस्यहरुमा अभिषेक खतिवडा, बिमल रणपहेली, शिव गौतम, सञ्जीव मैनाली, गोविन्द बुढाथोकी रहेका छन्। समितिले निवेदन बुझाएकाले, केही दिन नगरपालिकाको निर्णय पर्खिने र त्यसपछि थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ।

समितिले जस्तो सुकै परिस्थिति आएपनि सालिक पुनर्स्थापना गरेरै छोड्ने बताएको छ। कार्यक्रममा, श्री ५ महेन्द्र सालिक पुनर्स्थापना समितिका पदाधिकारी, राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ता लोकेश बस्नेत , सहित भद्रपुर नगरपालिका कै केही कर्मचारी लगायतको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.