बिजुली नियमित नभएको भन्दै एमालेद्वारा प्राधिकरण घेराउ

A notice in Nepali from Mechinagar Ward No. 10

३ साउन , मेचीनगर: नेकपा एमालेका सयौं कार्यकर्ताले आज विहान धुलावारीस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरी विद्युत आपूर्ति नियमित गर्न माग गरेका छन् ।

नेकपा एमालेका जिल्ला सहइञ्चार्ज रविन कोइरालाले उपभोक्ताहरुको नेतृत्व गर्दै प्राधिकरणको धुलावारी वितरण केन्द्रमा माग पत्र बुझाएका थिए ।

माग पत्रमा छिन्छिन्मा विद्युत आपूर्ति रोकिने गतिविधि तत्काल बन्द गर्न र नियमित आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

केही सातादेखि अत्याधिक गर्मी बढेको बेला विद्युत आपूर्ति भने पटकपटक ठप्प हुने गरेको एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले प्राधिकरण अगाडि उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै बताए ।

प्राधिकरणले जनगुनासो आउँदा समेत वेवास्ता गरेको र विद्युत आपूर्ति नियमित गर्नेतर्फ कुनै चासो नदेखाएपछि बाध्य भएर उपभोक्ताले प्राधिकरण घेराउ गर्नु परेको पोखरेलको भनाई छ ।

एमाले कार्यकर्ताको भीडले कार्यालय घेरेपछि जवाफ दिन आएका प्राधिकरणका धुलाबारी शाखा प्रमुख इन्जिनियर सुनिल कुमार महतोले आगामी २ दिनभित्र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले गर्मी याममा सिञ्चाई, पंखा, फ्रीज र कलकारखाना धेरै चल्दा मागको अनुपातमा आपूर्ति कम भएको हुँदा ट्रान्सफर्मरले लोड धान्न नसकेको समस्या सुनाए ।

कतिपय स्थानमा विद्युतका पोल लडेको र ट्रान्सफर्मर पड्किएको कारण विद्युत आपूर्तिमा गडबडी भएको स्वीकार गरे ।
प्रतिबद्धता अनुरुप दुई दिनभित्र विद्युत आपूर्ति नियमित हुन नसकेमा नेकपा एमालेले प्राधिकरणमा तालाबन्दी गर्ने चेतावनी दिए ।

सो अवसरमा प्रदेश सांसद् श्रीप्रसाद मैनाली, मेचीनगर वडा नं. १० का वडाध्यक्ष नारायण खनाल, ७ का वडाध्यक्ष प्रलादमणि ओली, ९ का वडाध्यक्ष कञ्चन तामाङ लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.