भेन्टिलेटर र आइसीयू प्रयोग विहीन

A notice in Nepali from Mechinagar Ward No. 10

झापा, ९ जेठ । इलाम जिल्ला अस्पतालमा भेन्टिलेर र आइसीयू भएपनि सञ्चालनमा आउन नसक्दा सर्वसाधराण मारमा परेका छन् । अस्पताल भने जनशक्ति अभावकै कारण प्राप्त उपकरणसमेत प्रयोगविहीन भएको भन्दैं पन्छिने गरेको छ । ५० शय्याको जिल्ला अस्पतालमा प्रदेशन नम्बर १ सरकराले दिएको भेन्टिलेटर उपलब्ध गराएको थियो । तर, उक्त भेन्टिलेटर प्रयोगमा नआएको स्थानीयको भनाई छ ।
त्यस्तै अस्पतालमा आईसीयू भए पनि ३ महिनादेखि सञ्चालनमा छैन । जसकाका कारण बिरामीलाई केही गाह्रो हुनासाथ झापा र विराटनगरको अस्पतालमा रेफर गर्नुको विकल्प नभएको अस्पताल स्रोतको दावी छ । यो अवस्थामा उपलब्ध पूर्वाधार र उपकरण प्रयोग गर्न नसक्नु कमजोरी भएको गुनासो स्थानीयको छ ।
यदिमात्र होइन स्थानीय तहहरूले पनि कोभिड–१९ को विरुद्ध लड्न पर्याप्त तयारी नगरेको भन्दै आलोचना खेप्दै आएका छन् । महामारीले भयाभव रूप लिँदा पनि केही गर्न नसकेको जिल्लावासीको आरोप छ ।
विषेशज्ञसहित १४ चिकित्सकको दरबन्दी रहे पनि अहिले स्त्रीरोग विशेषज्ञ एक जना मात्र स्थायी डाक्टर छन् । ५९ दरबन्दी रहेको अस्पतालमा २७ दरबन्दी पदपूर्ति भएको छ । अस्पतालमा २ मेडिकल अधिकृत, ३ कन्सलट्यान्ट र ३ डेन्टल सर्जन कार्यरत रहेको अस्पताल स्रोतको भनाई छ ।
निषेधाज्ञा जारी गरी अनावश्यक हिँडडुल गर्नेलाई नियन्त्रण प्रयास गरिए पनि जिल्लामा कोरोना संक्रमणको अवस्था भने बढिरहेको छ । महामारीकै कारण मृत्यु दर पनि बढ्दै गएपछि जिल्लामा त्रास थपिएको छ ।
तैपनि अस्पतालमा आवश्यक उपकरण र जनशक्ति जुटाउन पहल नहुनु र रोगबारे जनस्तरमा सचेतना कम हुनुले झन् ठूलो क्षति बेहोर्नु परिरहेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुन थालेको छ । सदरमुकाममा ७ सहित जिल्लामा १३ जनाको ज्यान गइसकेको छ । पछिल्लो लहरमा मात्र ३ सय ५१ जना सक्रिय संक्रमित भएका छन् । तर परीक्षणको दायरा फराकिलो बनाउने हो भने यो संख्या अझ धेरै हुने अनुमान गरिएको छ ।
अस्पताल भने पटक-पटक मन्त्रालयमा जानकारी गराए पनि कुनै कारबाही अघि नबढेको जनाउँछ । अहिले सदरमुकामको कोभिड अस्पतालमा २० जना संक्रमित छन । अस्पतालले केही जनशक्ति थप गर्न सके ५० जनासम्मलाई उपचार गर्न सकिने जनाएको छ । तर आईसीयू र भेन्टिलेटर नै सञ्चालनमा नभएको अवस्थामा गम्भीर बिरामीले उपचारका लागि बाहिर नै जानुपर्ने बाध्यता छ । इलाम अस्पतालमा ५० सिलिन्डर अक्सिजन छ भने जिल्लाभर १ सय ३७ सिलिन्डर छन । तर निरन्तर संक्रमितकको संख्या बढ्दै गएकाले यो अपुग हुने देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.