१५ मंसिर, मेचीनगर : १ नम्बर प्रदेश प्रमुख परशुराम खापुङ्गले देशमा बढीरहेको गरिबी र बेरोजगारीको अन्त्य सहकारीले मात्र गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बुधबार झापाको मेचीनगरमा झापाको सवै भन्दा पुरानो महेन्द्रद्वार सहकारी संस्था लि को ३२ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दैं उहाँले नेपालमा हरेक नेपालीको आयस्रोत कमजोर रहेकाले गरिवीले धेरैलाई सताएको, वेरोजगार भएर रोजगारको अवसर खोज्दैं विदेशिनुपर्ने बाँध्यता रहेको उहाँको भनाई थियो । उहाँले यस्तो अवस्थामा मुलुकले शिक्षा, स्वास्थ्य कृषि, पर्यटनका विषयमा उल्लेखिय प्रगति गर्न नसकेको हुँदा यस्ता विषयमा देशभरका सहकारी संस्थाहरु अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
अहिलेको आवश्यकता पनि यहि रहेको प्रदेश प्रमुख खापुङ्गको भनाई थियो । त्यसैले आज हामी सवै मिलेर सहकारीको माध्यमबाट सहकार्य गरेर यो मुलुकमा बढिरहेको व्यपार घाटालाई कम गदैं लैजानुपर्ने, निर्यात बृद्घि गर्न र आयात घटानेतर्फ लाग्नुपर्ने बताउनुभयो । नेपाल सरकारको तीनखम्बे अर्थनीति अनुसार सरकारले सहकारीलाई एउटा खम्बाका रुपमा अघि सारेको उहाँले प्रष्ट पार्नुभयो । सरकारी, सहकारी र निजीक्षेत्र मिलेर देशको अर्थतन्त्र बलियो हुने उहाँले विश्वास दिलाउनुभयो । सरकारको तीनखम्बे अर्थनीतिमा सहकारी महत्वपुर्ण खम्वा भएको उहाँको भनाई थियो ।
प्रदेश प्रमुख खापुङ्गले देशका हरेक सहकारी संस्थाहरुले देशको अर्थतन्त्रमा पुर्याएको योगदान कसैले पनि भुल्न नहुने बताउनुभयो । विदेशबाट हरेक नेपाली युवाले पठाएको रेमिट्यान्सबाट अहिले मुलुक चलिरहेको बताउँदैं उहाँले सहकारीको माध्यमबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै मुलुकमा बढ्दो आयात प्रतिस्थापन गर्न सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी सदस्यहरुलाई आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने धारणा राख्नुभयो । सहकारी संस्था समृद्घ भएमात्र देश समृद्घशाली बन्ने विचार राख्दैं उहाँले देशलाई आर्थिकरुपमा मजवुत बनाउन सहकारीले उल्लेखनिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । अव आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्र मजवुत हुन सहकारी दर्शन, सिद्धान्त बुझन् आवश्यक रहेको उहाँको भनाई थियो ।
संस्थाको अध्यक्ष राजकुमार दाहालले उद्घाटन सत्रको अध्यक्षता गदैं सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयो । आर्थिक वर्ष २०७६/०७७ मा संस्थाको शेयर पूँजी ७८ लाख ३७ हजार २ सय ७९ रुपैयाँ भए पनि गत आर्थिक वर्ष २०७७/०७८ मा १ लाख ७ हजार २ सय ६० रुपैयाँ शेयर पूँजी बृद्घि भएर ७९ लाख ४५ हजार ५ सय ३९ रुपैयाँ पुगेको अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रमा संस्थाका संस्थापक, पूर्व अध्यक्ष, पूर्व कार्य समिति सदस्यहरु, सल्लाहकारसहित विभिन्न जिम्मेवारीमा रहनु भएका ३६ जनालाई सम्मान गरिएाके थियो । कार्यक्रमका प्रमुख अतिथि नम्बर प्रदेश प्रमुख परशुराम खापुङ्ग संस्थाका अध्यक्ष राजकुमार दाहाललगायतले दोसल्ला र सम्मान त्रप प्रदान गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिका संयोजक गिरीराज धमलाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
साधारण सभाको उद्घटान सत्रमा नेपाली काँग्रेस मेचीनगर सचिव मुकेश लिम्बु, नेकपा माओवादी केन्द्रका मेचीनगर सचिव ज्ञानेन्द्रकुमार घिमिरे, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु दाहाल, पूर्व अध्यक्ष तथा सम्मानितहरुकोतर्फबाट निलकण्ठ तिवारीलगयातले शुभकामना मन्तव्य राख्नुभएको थियो । सदस्य कुन्दन निरौलाले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा सहभागी सवैलाई उपाध्यक्ष युद्घराज ओलीले शव्दद्वारा स्वागत गर्नुभएको थियो ।

























