मेचीनगर–६ मा दुर्व्यसन मुक्त वडा अभियानका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

४ जेठ, काँकरभिट्टा : नेपाल स्काउट कोशी प्रदेश स्काउट कार्यालय विराटनगरको आयोजना, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक व्यवस्थापन तथा नेपाल स्काउट स्थानीय कार्यालय मेचीनगरको व्यवस्थापनमा “दुर्व्यसन मुक्त वडा अभियानका लागि सचेतनामूलक अभिमुखीकरण कार्यक्रम” वडा नं. ६ मा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नेपाल स्काउट मेचीनगरकी प्रमुख आयुक्त रीता थापाले गर्नुभएको थियो भने प्रमुख अतिथि वडा नं. ६ का अध्यक्ष ललितबहादुर तामाङ्ग रहनुभएको थियो।

अभिमुखीकरण कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल स्काउट कोशी प्रदेश परिषद् सदस्य तथा सहायक राष्ट्रिय प्रशिक्षक मीनाकुमारी कटुवाल, मेचीनगर नगरपालिका कार्यपालिका सदस्य अन्जु थापा, वडा सदस्यहरू ध्रुबकुमार राई, भविन्द्र सुब्बा, पूर्व प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, सशस्त्र प्रहरी नायब निरीक्षक सिताराम आचार्य लगायतको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष तामाङले भन्नुभयो, “समाजलाई दुर्व्यसन मुक्त बनाउने हाम्रो साझा जिम्मेवारी हो। वडाबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।”
पूर्व प्राज्ञसभा सदस्य भट्टराई, सामाजिक अभियन्ता लक्षण वस्नेतलगायतले दुर्व्यसनका कारण समाजमा देखा पर्ने विकृति र त्यसको समाधानका उपायहरूबारे धारणा राख्नुभयो।

कार्यक्रममा वडालाई कसरी दुर्व्यसन मुक्त बनाउने भन्ने विषयमा अन्तरक्रिया समेत भएको थियो। सहभागीहरूले विद्यालयस्तरमा सचेतना कार्यक्रम, अभिभावक र समुदायसँगको समन्वय, युवा लक्षित क्रियाकलाप तथा नियमित परामर्श सेवा जस्ता उपायहरू प्रस्तुत गरेका थिए।

स्थानीय शैक्षिक पद्धति आयुक्त सुष्मा सुब्बाको स्वागत मन्तव्य रहेको कार्यक्रमको  सञ्चालन स्थानीय परिषद् सदस्य दुर्गाबहादुर लुइटेलले गर्नुभएको थियो।
कार्यक्रमको सहजकर्ता स्काउटर आनन्द समशेर बोहोरा र रोभर स्काउट आयुष भट्टराई रहनुभएको थियो। कार्यक्रममा वडा नम्बर ६ का जनप्रतिनिधि, विभिन्न टोलका अध्यक्ष एवम् प्रतिनिध, प्रहरी प्रशासन, शिक्षक आदिको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै प्रमुख आयुक्त रीता थापाले  सहभागी सबैलाई धन्यवाद दिँदै समाज परिवर्तनको लागि सशक्त नागरिक भूमिका आवश्यक भएकोमा जोड दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.