यी हुन् ६ वर्षदेखि मलेसियामा बसेर नेपालमा एसईई उत्तीर्ण गर्ने व्यक्ति

२.७५ जिपिए ल्याएको खुलसा

A notice in Nepali from Mechinagar Ward No. 10

२९ साउन, काठमाडौं : ६ वर्षदेखि मलेसिया गएका एक जनाले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा २.७५ जिपिए ल्याएका छन्।

सप्तकोशी नगरपालिका-१० सप्तरीका २६ वर्षीय गोपाल प्रसाद सन्तले त्यहाँको जनता माध्यमिक विद्यालय भगनी मलेठबाट एसईई पास गरेका नगरपालिकाका सूचना प्रविधि अधिकृत महानन्द चौधरीले जानकारी दिए।

उनका अनुसार सन्त राेजगारी सिलसिलामा मलेसिया छन्। उनले २०७७ सालको एसइईमा २.७५ जिपिए ल्याएका चाैधरीले बताए। यो जानकारी बाहिर फैलिएपछि नगरपालिकाले विद्यालयलाई पत्रसमेत पठाएको चाैधरीले जनाए।

‘हामीले पनि यस विषयमा जानकारी पाएपछि नगरपालिकाको शिक्षा शाखाले स्कुललाई के कसरी पास भएको भनी पत्राचार गरेको छ, अब थप जानकारी आउँला नि,’ उनले भने।

उनका अनुसार सन्तका बुवा रामप्रसाद विद्यालयका कार्यालय सहयोगी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.