प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लबलाई

A notice in Nepali from Mechinagar Ward No. 10

३ चैत्र, कमल : प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीले चुमेको छ । बिहीबार भएको फाइनल खेलमा एपीएफ पकली सुनसनरीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि चुमेको हो । उपाधिसँगै टेम्केले नगद २ लाखसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥र्यो ।
उपविजेता एपीएफ पकलीले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको थियो ।
दोस्रो हाफको ११औं मिनेटमा टेम्केका अभिषेक खड्काको क्रसमा रोमन लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रतियोगिता भरी थप गोल हुन नसक्दा रोमन लिम्बूको गोल नै जितका लागि निर्णायक गोल बन्यो ।
प्रतिस्पर्धात्मक फाइनल खेलमा गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफसम्म दुबै टिम गोलरहित बराबरीमा रोकिएका थिए ।
खेलको १७औं मिनेटमा एपीएफले पाएको फ्रिकिक युवराज खड्काको शक्तिसाली प्रहार टेम्केका गोलरक्षक प्रवीण लिम्बूले उत्कृष्ट बचाउ गरे । ६५औं मिनेटमा एपीएफका रोमन भुजेलले प्रहार गरेको बल पोष्ट बाहिरिएको थियो ।
बिहीबार भएको खेलको प्लेयर अफ दी म्याच टेम्केका रोमन लिम्बू घोषित भए । उनले नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उत्कृष्ट गोलरक्षक टेम्केका प्रवीण लिम्बू घोषित भए । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर एपीएफका दिवस गिरी, उत्कृष्ट स्टाइकर टेम्केका आकाश राई, उत्कृष्ट कोच टेम्केका जोगिन मरिक घोषित भए । उनीहरुले नगद ३ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका रोमन भुजेल घोषित भए । उनले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगिताको समापन समारोहका अवसरमा अग्रज खेलाडी बलबहादुर कार्कीलाई सम्मान गरिएको थियो । विगतमा केर्खा क्षेत्रमा कार्कीले फुटबल खेलको विकासमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कार्कीले केर्खा फुटबल क्लबसँगै झापा ११, बौद्ध फुटबल क्लबबाट समेत खेल खेलेका थिए ।
समारोहका बीच कमल गाउँपालिकाका फुटबल कोच रुस्तम राई, नवकिरण बाल क्लब लगायतलाई सम्मान गरिएको थियो ।
कमल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष चतुरभुज सुवेदीको अध्यक्षता तथा प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद सिवाकोटी, प्रमुख प्रशाशकीय अधिकृत काजीमान राई लगायत स्थानीय पार्टी प्रतिनिधि साथै समाजसेवी खेलप्रमीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम समितिका सचिव सूर्यप्रसाद न्यौपानेले सञ्चालन गरेका थिए ।
कमल गाउँपालिका ३ स्थित केर्खा खेलमैदानमा प्रतियोगिता सपम्पन्न भएको हो ।

मैत्रीपूर्ण फुटबल खेलमा आयोजक विजयी

प्रदेश स्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनल खेल अघि आयोजक समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समिति र कमल गाउँपालिका कर्मचारीबीच भएको मैत्रीपूर्ण खेलमा आयोजक समिति विजयी भएको छ । टाइब्रेकरमा ४–२ ले आयोजक समिति विजयी भएको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
कमल गाउँपालिका खेलकुद विकास समितिका सदस्य भुवानी प्रसाद थेवेको कप्तानीमा आयोजक समिति मैदानमा उत्रिएको थियो भने कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईको कप्तानिमा कर्मचारी टिम सहभागि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.