लागुऔषध दुरुपयोगबारे सचेतना फैलाउन नेपाली खेलाडीलाई एकदिने प्रशिक्षण

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ, असार १२: लागुऔषधको दुरुपयोगबारे सचेतना फैलाउनका लागि नेपाली खेलाडीहरूलाई बुधबार एकदिने प्रशिक्षण दिइएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र लागु पदार्थ तथा एड्सविरुद्ध नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो।

नेपालमा असार १२ गते लागुऔषधविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ। यही अवसर पारेर लागुऔषध प्रयोगको रोकथामबारे अभियान चलाउने उद्देश्यले यो कार्यक्रम गरिएको एड्सविरुद्ध खेलकुद महासंघका अध्यक्ष ऋषिराज ओझाले जानकारी दिए।

कार्यक्रममा करिब २०० जनाको सहभागिता थियो। राष्ट्रिय टिम तयारीका लागि विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीहरूलाई एन्टिडोपिङबारे पनि प्रशिक्षण दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.