यी हुन् आज भारी र अति भारी वर्षा हुने भू–भाग, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह, यातायात सेवा प्रभावित हुनसक्ने

A notice in Nepali from Mechinagar Ward No. 10

२३ साउन, काठमाडौँ : देशका विभिन्न भू–भागमा आज भारी र अति भारी वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, मधेस, वाग्मती गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै तथा कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

मध्यम, भारी र धेरै भारी वर्षाका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयबाट क्षति हुनसक्ने विभागले बताएको छ । विभागले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधा हुनसक्ने जनाएको छ ।

यसैबीच, गएराति देखिको भारी वर्षाका कारण कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहनेहरू बिहान अबेरसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

दाङको लमाही, भालुबाङ, कुसुम र आसपास अति भारी वर्षा भएको छ । उक्त क्षेत्रमा भएको अति भारी वर्षाका काराण पश्चिम राप्ती नदीको बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने महाशाखाले जनाएको छ । यसका सहायक नदीहरूको जलसतह एक्कासी बढी आकस्मिक बहाव हुनसक्ने भएकाले नदी तटीय क्षेत्रमा बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाँकेको कुसुम वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खहरे खोलाहरूमा आकस्मिक बाढी आउनसक्ने, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले जनाएको छ ।

कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खरहे खोलाहरूमा एक्कासी बाढी आउनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले सतर्कता अपनाउन महाशाखाको आग्रह छ । काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।

नेपालमा अहिले मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.