मेचीनगर।प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेस पुराना नेता पूर्णानन्द दाहाल (शर्मा) (पिएन सर) को निधन भएको छ ।
दाहालले प्रजातन्त्र स्थापनाको आन्दोलनमा कुशल नेतृत्वका रुपमा स्थापित थिए । २०४२ सालमा कांग्रेस झापाका जिल्ला सभापति बनेका नेता थिए। व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनहरुमा पटक पटक गिरफ्तारीमा परेर जेल जिवन बिताएका नेता शर्माको ८८ बर्षको उमेरमा सोमबार अपरान्ह साढे ४ बजे उपचारका क्रममा निधन भएको हो ।
शर्मा विभित्र रोगबाट पीडित थिए।तीन वर्ष अघि आफनी जीवनसंगीनि गुमाएका दिवंगत दाहालका तीन छोराहरु विनोद ,प्रमोद ,आमोद र एक छोरी प्रमिला छन् ।
स्वर्गीय दाहालको मंगलबार कन्काई मुक्तिघाटमा अन्त्येष्टी गरियो।यसैबीच दमक बहुमुखी क्याम्पसले नेता शर्माको निधनमा मंगलबार एक दिन शोक बिदा दिएको छ भने कांग्रेस झापाले एक दिन पार्टी कार्यालय बन्द गरिने र तीन दिन सम्म पार्टीको झण्डा झुकाउने कांग्रेस झापाका सचिव कृष्ण हुमागाइँले जानकारी दिए ।

























