दमक नगरपालिकाले भोलिदेखि एक साता निषेधाज्ञा लागू गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

१० साउन,दमक । झापाको दमक नगरपालिकाले कोरोना संक्रमण दर बढेको भन्‍दै एक साता निषेधाज्ञा लागू गर्ने भएको छ ।

नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्‍यराति १२ बजेसम्‍म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गर्ने विज्ञप्तिमार्पत जनाएको छ ।

यस्तै नगरपालिकाले अनुमति नलिइ अत्यावश्‍यक काक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ भने व्‍यापार, व्यावसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, सम्पूर्ण वित्तीय संस्था र सबै प्रकारका सावारी साधन पूर्णरुपले बन्‍द हुनेछन् ।

यस्तै नेपाल सरकारले तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न समेत सबैमा नगरपालिकाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.