इटहरी । झापाको काँकडभिट्टाबाट भोजपुर सदरमुकाम हिँडेको प्रदेश १–०१–००१ख–३४२९ नम्बरको बस दुर्घटना भएको छ। बसमा ३५ यात्रु सबार रहेको बताइएको छ।
हिले भोजपुर सडकखण्ड स्थित धनकुटाको पञ्चेमा आज आइतबार दिउँसो बस दुर्घटना भएकाे हो । दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको र बाँकी १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएकाे छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।