नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक प्रहरी निरीक्षकको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय इन्सपेक्टर कपिल वाग्लेको गएराति मृत्यु भएको हो ।

नवलपरासीको बर्दघाटमा बाटोमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति करिब ८ बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका वाग्लेलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो । तर उपचारकै क्रममा उनको राति मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार वाग्लेलाई ठक्कर दिने मोटरसाइकल चालक सुनवल नगरपालिका १ का दिपेन्द्र पुन मगर गम्भीर घाईते छन् । उनको पनि युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.