मालबहाक ट्रकभित्र चालकको शव फेला

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर ।   विराटनगर भन्सार कार्यालयनजिक भारतीय नम्बर प्लेटको मालबहाक ट्रकभित्र मृत्यु भएको अवस्थामा बुधबार चालकको शव फेला परेको छ ।

विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित खोक्सामा राखिएको पीबी ०९ एक्स २९६४ नम्बरको ट्रकभित्र मंगलबार राति सुतेका चालक भारत पञ्जाव घर भएका ५३ वर्षीय नुर मोहम्मद भोलिपल्ट मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाकाअनुसार चालक नुर र पञ्जाव नै घर भएका सह–चालक २५ वर्षीय अब्दुल लतिक खाना खाएर मंगलबारराति ट्रकभित्र सुतेको खुलेको छ ।

मृत्युको कारण यकिन भइनसकेको र पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुने र भारत पञ्जावमा रहेका मृतक चालकका परिवारका सदस्यलाई घटनाका बारेमा जानकारी दिइसकिएको नेपाल प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.