विराटनगर । विराटनगर भन्सार कार्यालयनजिक भारतीय नम्बर प्लेटको मालबहाक ट्रकभित्र मृत्यु भएको अवस्थामा बुधबार चालकको शव फेला परेको छ ।
विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित खोक्सामा राखिएको पीबी ०९ एक्स २९६४ नम्बरको ट्रकभित्र मंगलबार राति सुतेका चालक भारत पञ्जाव घर भएका ५३ वर्षीय नुर मोहम्मद भोलिपल्ट मृत भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाकाअनुसार चालक नुर र पञ्जाव नै घर भएका सह–चालक २५ वर्षीय अब्दुल लतिक खाना खाएर मंगलबारराति ट्रकभित्र सुतेको खुलेको छ ।
मृत्युको कारण यकिन भइनसकेको र पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुने र भारत पञ्जावमा रहेका मृतक चालकका परिवारका सदस्यलाई घटनाका बारेमा जानकारी दिइसकिएको नेपाल प्रहरीले जनाएको छ ।