हात्तीको आक्रमणमा परी मृत्यु भएका परिवारलाई इटहरीले तत्काल १ लाख राहत दिने

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी ,मङ्सिर १४। जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी २ का रबिन खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले रु.१ लाख क्षतिपूर्ति दिने भएको छ।

इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल मृतकको घर पुगेर १ लाख रुपैयाँ क्षतिपूर्ति दिने बताउनु भएको छ ।

मेयर पौडेलले आजै देखि रातको समयमा जिल्ला बनका बनरक्षक ,नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित संयुक्त गस्ती परिचानल गर्न पहल  गरिने समेत बताउनुभएको छ।

बुधबार राती ठूलो सङ्ख्यामा आएको हात्ती धपाउने क्रममा हात्तीको आक्रमणमा परी रबिन खड्काको निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.