हात्तीको आक्रमणबाट हल्दीबारीका धनबहादुरको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर।जंगली हात्तीको आक्रमणबाट शुक्रबार (आज) बिहान झापाको हल्दिबारीमा एकजनाको मृत्यु भएको छ ।

बिहान ९ बजे हल्दिबारी गाउँपालिका ३ स्थित रणकाली सामुदायिक वनका चौकिदार ४० वर्षीय धनबहादुर बनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहानको समयमा सामुदायिक वन रेखदेखका लागि गएको अवस्थामा बनलाई हात्तीले आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुईदिन अघिमात्र इटहरीका रबिन खड्काको हात्तीले कुल्चिएर मृत्युु भएको थियो।खड्कालाईको परिवार लाई इटहरी उपमहानगरले एक लाख रुपैयाँ राहत दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.