स्काउटको मेचीनगर संयोजक रिता थापा

A notice in Nepali from Mechinagar Ward No. 10

झापा, १६ वैशाख । नेपाल स्काउटले झापाका १५ वटै स्थानीय तहमा संयोजक तोकेको छ ।

बुधबार स्काउटले जिल्लाका सबै पालिकाका संयोजक तोकेको हो ।

स्काउटले झापाको मेचीनगरमा रिता थापालाई संयोजक तोकेको छ । संयोजक थापा काँकरभिट्टा निवासी हुन् ।त्यस्तै बुद्धशान्तिमा मञ्जिल पाठक, विर्तामोडमा भाग्यमान लिम्बु, कनकाईमा कृतिज्ञा गौतम, भद्रपुरमा विवेक चौलागाई, झापामा इन्द्र कडेल, दमकमा ओमप्रसाद आचार्य, गौरीगञ्जमा इश्वर नेपाललाई संयोजक तोकेको छ ।

यसैगरी, कचनकवलमा सलिना गुरुङ, अर्जुनधारामा मनिष ओली, बाह्रदशीमा अनिल सापकोटा, गौरादहमा गंगा कार्की, कमलमा माया शिवाकोटी, शिवसताक्षी दिगम पराजुलीमा र हल्दिवारीमा खगेन्द्र घिमिरेलाई संयोजकको जिम्मेवारी तोकिएको हो ।

स्काउटले देशका ७५३ वटै पालिकामा संयोजक तोकेको छ । सबै विद्यालयमा स्काउट संरचना निर्माण गर्ने तयारी भएको छ । नेपाल स्काउटले देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गर्ने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.