भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणमा घुँगी बरामद

A notice in Nepali from Mechinagar Ward No. 10

मङ्गलबार, पौष २८ ,२०७७

विराटनगर । सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणमा घुँगी बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बखरीले सोमबार ३०० केजी घुँगी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल बीओपी बखरीका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका–१६, दरैया सीमानाकामा घुँगी बरामद गरेको हो ।

प्रहरीलाई देखेपछि बोरामा ल्याउँदै गरेको घुँगी छोडेर तस्कर फरार भएका थिए । घुँगीलाई सी फूड अन्तर्गत राखेको हुनाले यसको भन्सार दस्तुर लाग्ने गरेको छ । बरामद भएको छ बोरा घुँगी प्रहरीले खाल्डो खनेर पुरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.