भोलिदेखि सार्वजनिक हुदै टेलिकमको ‘नमस्ते पे’

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : नेपाल टेलिकमको मुख्य लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले भोलिदेखि आफ्नो अनलाइन भुक्तानी सेवा सुरु गर्ने भएको छ । कम्पनीले आवश्यक तयारी पुरा गर्दै ‘नमस्ते पे’ को सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

कम्पनीले यसअघि समेत भुक्तानी सेवा सार्वजनिक गर्ने मिति तय गरेको थियो । तर आवश्यक तयारी पुरा नहुँदा केही ढिलो गरी सेवा सञ्चालनमा आउन लागेको हो ।

नमस्ते पे एप केही महिनादेखि आन्तरिक परीक्षणमा रहेको थियो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले ट्वीटरमार्फत नमस्ते पे भोलि मङ्गलबारदेखि सञ्चालनमा आउन लागेको जानकारी दिएका छन् । कम्पनी स्रोतका अनुसार सुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प मात्र उपलब्ध हुनेछन् ।

त्यस्तै वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएको छ । त्यसैगरी प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सक्ने बताइएको छ ।

सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका सेवा उपलब्ध हुनेछन् । मर्चेन्टका लागि कुनै एउटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) सँग सम्झौता भइसकेको बताइएको छ ।

– टेकपानाबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.