सरकारले तोक्यो उखुको मूल्य, पोहोरभन्दा २० रुपैयाँ बढी

A notice in Nepali from Mechinagar Ward No. 10

४ माघ, काठमाडौँ : सरकारले यो वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । प्रतिक्विन्टल ६ सय १० रुपैयाँका दरले सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ तोक्ने निर्णय गरेको उपप्रधान तथा अर्थन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

‘उखुको प्रतिक्विन्टल मूल्य (उद्योगीले दिने मूल्य) ५ सय ४० रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँसहित ६ सय १० रुपैयाँ तोक्ने निर्णय भएको छ,’ उपप्रधान तथा अर्थन्त्री पौडेलले भने । उखु किसानले भने मंसिर अन्तिम सातायता क्रसिङ सुरु गरेका छन् । समर्थन मूल्य तोक्न ढिलाई भएपछि किसानले उद्यारोमा उखु बिक्री गर्दै आइरहेका छन् । सरकारले गत आर्थिक वर्ष २०७८/७९ को लागि प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकेको थियो । उक्त मूल्य सरकारी अनुदानसहित हो । पोहोरभन्दा यसपटक प्रतिक्विन्टर २० रुपैयाँ बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.