मन्त्रिपरिषद् निर्णय : सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

A notice in Nepali from Mechinagar Ward No. 10

४ माघ, काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बुधबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सञ्चारमन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने औपचारिक निर्णय गरेको हो । मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, “आजको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा सरुवा गर्ने निर्णय पनि गरेको छ ।”

त्यसैगरी, बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ताभित्र कार्ययोजना निर्माणगरी मन्त्रीपरिषद् बैठकमा पेस गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रिपरिषदमा पेस भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयनमा लैजानेगरी सो निर्देशन दिइएको पनि उपप्रधानमन्त्री पौडेलले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले प्रदान गर्ने विभूषणको स्पष्ट मापदण्ड तय गर्न समिति बनाउने निष्कर्ष निकालेको छ । बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डा. देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले प्रतिक्विन्टल उखुको मूल्य ५४० रुपियाँ तोकेको छ । सरकारले व्यहोर्ने ढुवानी भाडा ७० रुपियाँ  निर्धारण गरिएको पनि उपप्रधानमन्त्री पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले, राज्यले विभूषण प्रदान गर्दा पनि सम्मानित व्यक्तित्वलाई आफ्नो क्षेत्रका, आफ्नो विधाका सम्मानित व्यक्तिहरूलाई दिने कुरा सुनिश्चित होस् भन्ने हिसाबले विभूषणको सम्बन्धमा अध्ययन समिति बनाउने विषयमा मन्त्रीपरिषद् बैठक निष्कर्षमा पुगेको छ । विश्वविद्यालय अनुदान आयोगको प्राध्यापक डा. देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।”

त्यस्तै, क्रसर उद्योगसँग सम्बन्धित समस्याको बारेमा आजको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । यस सम्बन्धमा थप अध्ययन गरेर उपयुक्त निर्णय गर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.